PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

तिनाउ खोलाले जीप बगाउँदा चार जना बेपत्ता 



पहिलोपोस्ट

तिनाउ खोलाले जीप बगाउँदा चार जना बेपत्ता 

रुपन्देहीः  पाल्पामा तिनाउ खोलाले जिप बगाउँदा ४ जना बेपता भएका छन्।

पाल्पाको माथागढी –३ सराईस्थित तिनाउ खोलाले विहेको भोज खाएर फर्कदै गरेको लु १ ज १२१७ नम्बरको जिप बगाउँदा ४ जना बेपत्ता भएका हुन्।

लगातार बर्षाका कारण तिनाउ खोलामा आएको बाढीले गएराति जिप बगाउँदा तानसेन– १ की २९ वर्षीया उषा श्रेष्ठ, माथागढी १ का अन्दाजी ४० वर्षीय तिलवीर गाहा, उनकी श्रीमती माया गाहा, ४० वर्षीय पदमबहादुर कुवर मगर बेपत्ता भएका प्रहरीले जनाएको छ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासिन्दाको सहयोगमा बेपत्ता हुनेको खोजी कार्य भइरहेको छ । अत्याधिक वर्षाका कारण पानीको सतह बढेकाले खोजी कार्यमा समस्या परेको प्रहरीले जनाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell