PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

उपप्रधानमन्त्री महरा भन्छन्–संविधान संशोधनपछि मात्र सरकार विस्तार 



पहिलोपोस्ट

उपप्रधानमन्त्री महरा भन्छन्–संविधान संशोधनपछि मात्र सरकार विस्तार 

चितवन  : उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले संविधान संशोधनपछि मात्र सरकार विस्तार हुने बताएका छन्। 

प्रेस सेन्टर नेपाल चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा महराले सरकारले संविधान संशोधनको प्रस्ताव लाने तयारी गरिरहेको बताए। उपप्रधानमन्त्री महराले एक दुई दिनभित्रै संविधान संशोधन प्रस्ताव पेश हुने बताए।

उनले मन्त्रालय भागबण्डामा खासै विवाद नरहेको बताए। 

उपप्रधानमन्त्री महराले भारतले लगाएको मालसामान तथा सेवा व्यवसाय कर (गुड्स एण्ड सर्भिस ट्याक्स) को नेपालमा पर्ने प्रभावका विषयमा अध्ययन गर्न छिट्टै एक टोली भारत जाने जानकारी दिए। 

भर्खरै मात्र जिएसटी लागू गरेकाले त्यसको परिणाम आई नसके भन्दै महराले आफू केही समय अघि भारत जाँदा यस विषयमा त्यहाँका परराष्ट्रमन्त्रीसँगसमेत कुराकानी गरेको बताए। 

भारतको केन्द्रीय सरकारले १ जुलाई २०१७ देखि राष्ट्रभर नयाँ तथा एकीकृत कर प्रणाली लागू गरेको छ। मालसामान तथा सेवा व्यवसाय कर (जिएसटी) नामाकरण गरिएको यस नयाँ र एकल कर प्रणाली राष्ट्रव्यापी रुपमा लागू गरिएपछि यसअघि विभिन्न राज्य तथा केन्द्रमा विद्यमान अलग–अलग राज्यीय र संघीय कर व्यवस्था खारेजीमा परेको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell