PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

अमेरिकी विदेशमन्त्री टर्कीमा, सिरियाली समस्या समाधानका विषयमा भ्रमण केन्द्रीत



रासस

अमेरिकी विदेशमन्त्री टर्कीमा, सिरियाली समस्या समाधानका विषयमा भ्रमण केन्द्रीत
फोटो श्रोतःreuters.com

इस्तानबुल : अमेरिकी विदेशमन्त्री रेक्स टिलरर्सन टर्की पुगेका छन्। आइतबार नै टर्की पुगेका उनले टर्कीस राष्ट्रपतिसँग भेटवार्ता गरेका छन् भने 
आफ्ना टर्कीस समकक्षी मेभलुट काभुसोग्लुसँग पनि भेटवार्ता गर्ने टर्कीको इस्तानबुलबाट विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन्। 

संयुक्त राज्य अमेरिका र टर्की सिरियाका विषयमा विभाजित छन्। उनीहरु एकले अर्को राष्ट्रको एजेण्डालाई मान्दैनन्। 

तर यी दुई देश नेटो संगठनमा भने सदस्य रहेका छन्। अमेरिकी विदेशमन्त्री रेक्सले टर्कीस राष्ट्रपति रिसेप तैयप एर्दोगानबीचको भेटवार्तामा भएका कुरकानीका बारेमा सञ्चारमाध्यमले भने केही जानकारी दिएका छैनन्। 

तर पनि उनीहरुबीच सिरियामा पछिल्लो समयमा विकसित राजनीतिक घटनाक्रम, कतारमा विकसित कूटनीतिक तनावकाबारेमा कुराकानी भएको टर्कीको सरकारी समाचार समिति, अनादोलुले जनाएको छ। सिरियामा पाँच वर्षभन्दा लामो समयदेखि हिंसात्मक आन्दोलन जारी छ। 

तर यसको शान्तिपूर्ण समाधानको मार्ग भने अहिलेसम्म पनि निस्केको छैन। अमेरिकी विदेशमन्त्रीको यो भ्रमण पनि सिरियाली समस्या समाधानका विषयमा केन्द्रीत हुन नसकेको अधिकारीहरुले जानकारी दिएका छन्। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell