PahiloPost

Apr 30, 2025 | १७ बैशाख २०८२

क्यालिफोर्नियाको जङ्लमा लागेको आगलागी नियन्त्रणबाहिर



रासस

क्यालिफोर्नियाको जङ्लमा लागेको आगलागी नियन्त्रणबाहिर
फोटो श्रोतःinternapcdn.net

लस एन्जेलसः क्यालिफोर्नियाको जङ्गलमा लागेको आगो नियन्त्रणका लागि भएका प्रयास पर्याप्त नभएको भन्दै सङ्कटकाल घोषणा गरिएको छ। 

क्यालिफोर्नियाका गभर्नर जेरी ब्राउनले सङ्कटकालीन अवस्थाको घोषणा गरेका बताइएको छ। जङ्गलमा गत शुक्रबारदेखि आगलागी भएको हो। 

आगलागी अहिले नै नियन्त्रण गर्न नसक्ने हो भने यसले आगामी केही दिनभित्रै पाँच हजार भन्दा पनि बढी घरमा क्षति पुग्ने अनुमान गरिएको छ । 

आगलागी नियन्त्रणका लागि एकहजार भन्दा बढी सैनिक र अग्निनियन्त्रक खटिएका छन्। उनीहरुका प्रयास पर्याप्त हुन नसकेकोले सङ्कटकालिन अवस्थाको घोषणा गरिएको हो। 

क्यालिफोर्नियाको ओरोभिल्लेको जङ्गलसम्म डढेलो आइपुगेपछि यहाँका करिब चार हजार बासिन्दालाई त्यहाँबाट हट्न भनिएको छ।

सेनाले कतिपयलाई बस्ती सार्न लगाएको जनाएको छ। त्यसैगरी, त्यसको छिमेकी गाउँका करिब सात हजार नागरिकलाई पनि बस्ती छोडेर भाग्न भनिएको छ। जसका कारण उक्त क्षेत्रमा ठूलो आतङ्क पैदा भएको बताइएको छ। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell