PahiloPost

Jun 21, 2025 | ७ असार २०८२

उपेन्द्र यादवले भने–संविधान संशोधनको विपक्षमा छैनौं, पक्षमै मत हाल्छौं



पहिलोपोस्ट

उपेन्द्र यादवले भने–संविधान संशोधनको विपक्षमा छैनौं, पक्षमै मत हाल्छौं

काठमाडौंः संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी संसदमा विचाराधिन रहेको संविधान संशोधन विधेयकको पक्षमा रहेको र प्रस्तावका पक्षमा नै मतदान गर्ने स्पष्ट पारेका छन । 

सोमबार रिपोर्टर्स क्लबले गरेको साक्षात्कारमा अध्यक्ष यादवले आफ्नो पार्टी संशोधन प्रस्तावको पक्षमा नै रहेको स्पष्ट पारे। उनले भने,‘हामी यो प्रस्तावको विपक्षमा छैनौं, हाम्रो पार्टीले प्रस्तावपारित गराउनको लागि पक्षमा नै मतदान गर्छ।’

यद्दपी उनले प्रस्ताव अझै अपूरो, अधुरो र अदुरदर्शी रहेकाले यसलाई परिमार्जनसहित पारित गराउनुपर्ने बताए। 

यादवले अहिलेको संशोधन विधेयकले मुलुकका सबै समस्याको समाधान गर्न नसके पनि संविधान संशोधनको ट्रयाक भने खोलेको स्पष्ट पारे। उनले भने,‘मुलभूत समस्याको समाधान यो विधेयकले गर्न सक्दैन्, त्यही कारणले हामीले फरक मत अर्थात् संशोधन हालेका छौं।’

अध्यक्ष यादवले अहिले आफ्नो पार्टी सरकारमा नजानेसमेत स्पष्ट पारे। उनले भने,‘जुनदिन हामी सरकारमा जाने आवश्यकता हुन्छ, त्यहीदिन जान्छौं, अहिले यसबारेमा सोचेका छैनौंं।’

यादवले आफूहरुले राजपासँग सम्बन्ध राम्रो होस् भन्ने चाहेको भएपनि राजपाका नेताहरुले गैर–राजनीतिक अभिव्यक्ति दिएको, तल्लो स्तरको गाली÷गलौज गरेकाले राजपाका नेताहरुलाई स्वयम् जनताले पनि घृणा गर्ने बताए। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell