PahiloPost

Nov 10, 2025 | २५ कात्तिक २०८२

किन थन्किए डोल्पामै कक्षा ११ का उत्तरपुस्तिका ?



रासस

किन थन्किए डोल्पामै कक्षा ११ का उत्तरपुस्तिका ?

डोल्पा : राष्ट्रिय परीक्षा बोर्डद्वारा लिइएको कक्षा ११ को उत्तरपुस्तिका १६ दिनदेखि डोल्पामै थन्किएको छ। 

यहाँका आदर्श उमावि जुफाल र सरस्वती उमावि दुनै सेन्टरमा लिईएको उत्तरपुस्तिका जिल्लामै थन्किएका छन्। 

क्षेत्रीय परीक्षा बोर्डको कार्यालय कोहोलपुरमा उत्तरपुस्तिका परीक्षणका लागि लैजानुपर्नेमा डोल्पामा यातायातको कुनै पनि साधन नभएपछि जिल्लामै थन्किएको जिल्ला शिक्षा कार्यालय, डोल्पाले जनाएको छ। 

परीक्षा सम्पन्न हुनेबित्तिकै कोहोलपुर लैजाने तयारी भएपनि डोल्पामा यातायातको एकमात्र विकल्प हवाई यातायात पनि बन्द भएको र सुरक्षा तथा जोखिमका दृष्टिकोणले पैदलमार्गबाट समेत लैजान समस्या भएकाले लैजान नसकिएको जिल्ला शिक्षा अधिकारी, रामराजा खकुरेलले जानकारी दिए। 

अहिले उत्तरपुस्तिका लैजानका लागि क्षेत्रीय परीक्षा बोर्डको कार्यालयबाट कर्मचारी आइसकेका र अब पैदल मार्गबाट लैजानुको विकल्प नभएको उनले बताए। 

असार १ गतेदेखि सुरु भएको कक्षा ११ को परीक्षा असार १० गते सम्पन्न भएको थियो। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell