PahiloPost

Jan 13, 2026 | २९ पुष २०८२

करेन्ट लागेर मृत्यु



रासस

करेन्ट लागेर मृत्यु

मोरङ : मोरङको सुन्दरहरैचा नगरपालिका–११ बेलेपुरमा आज बिहान करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। 

करेन्ट लागेर सोही ठाउँका ३५ वर्षीय मोहन सुब्बाको मृत्यु भएको हो।

आफ्नै घरमा रहेको कुखुरा फार्ममा स्टेनफेन समाउने क्रममा उनलाई करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएका सुब्बाको नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो। 

यसैगरी, मोरङको विराटनगर–१४ स्थित नयाँ आँखा अस्पतालनजिकै आज बिहान एक पुरुष मृत अवस्थामा फेला परेका छन्। बिहान ६ बजेतिर विराटनगर–१७ बस्ने ५० वर्षीय मोहमद रफिकलाई स्थानीयवासीले मृतावस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell