PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

प्रधानमन्त्रीले भने, 'राष्ट्रपतिलाई त्यस्तो महंगो गाडी किन्ने प्रस्ताव आएको छैन'



पहिलोपोस्ट

प्रधानमन्त्रीले भने, 'राष्ट्रपतिलाई त्यस्तो महंगो गाडी किन्ने प्रस्ताव आएको छैन'

काठमाडौँ :  प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिका लागि १६ करोडको गाडी खरिद गर्ने प्रस्ताव नआएको बताएका छन्। संसदमा विनियोजन विधेयकका मन्त्रालयगत खर्च शीर्षकमा भएको छलफलका क्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री देउवाले यस्तो जानकारी दिएका हुन्।

'राष्ट्रपतिका लागि १६ करोडको गाडी खरिद गर्न लागेको भन्ने सुन्दैछु, राष्ट्रपतिलाई १६ करोडको प्रधानमन्त्रीलाई १५ करोडको अनि मन्त्रीहरुलाई १४ करोडको होला,' संसद्‍मा नेमकिपा सांसद प्रेम सुवालले प्रश्न गरे, 'यही अवस्थामा देशको अर्थतन्त्रले कसरी धान्न सक्छ?'

जवाफमा प्रधानमन्त्री देउवाले त्यत्रो महंगो गाडी खरिद गर्न प्रस्ताव नै नआएको बताए।  

'राष्ट्रपतिको गाडीको सम्बन्धमा त्यस्तो महंगो गाडीको प्रस्ताव आएको छैन,' प्रधानमन्त्री देउवाले जवाफमा भने, 'राष्ट्रपतिलाई सुरक्षा व्यवस्था गर्न र देशको राष्ट्रपतिको सुरक्षा हुने गरी राम्रो गाडी खरिद गर्न लागिएको हो।'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell