PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

रिलिज टार्गेट मिट नगर्नेमा थप एक फिल्म, साउन ६ बाट प्रदर्शनमा आउँदै



पहिलोपोस्ट

रिलिज टार्गेट मिट नगर्नेमा थप एक फिल्म, साउन ६ बाट प्रदर्शनमा आउँदै

काठमाडौं: नेपालभन्दा अगाडी चार देशमा प्रदर्शन हुने भनिएको फिल्म 'मेरी कुसुमले' रिलिज टार्गेट मिट गरेन। जेठ २५ गते प्रदर्शन मिति तय गरेको फिल्म प्रदर्शनमा भने आएन। युनिटले हालैमात्र फिल्म प्राविधिक कारणले प्रदर्शनमा आउन नसकेको जानकारी दिएको हो। फिल्म ‘मेरी कुसुम’ नयाँको नयाँ रिलिज टार्गेट साउन ६ गते रहेको छ।

नेपाल अघि यूएई, मलेसिया, कतार, बहराइन लगायत चार देशमा प्रदर्शन हुने भनिएपनि फिल्म युएईका केही राज्यहरुमा मात्र प्रदर्शन भए। फिल्म बारे प्रतिक्रिया बारे निर्माता मोहन बोगटीले भने,'विदेशमा रहेका नेपालीले फिल्मलाई माया गर्नु भयो। नेपालले पनि फिल्मले माया पाउँछ।'

फिल्मको लेखन तथा निर्देशन एन.आर घिमिरेले गरेका हुन्। सुनिता शर्मा बोगटी निर्माण रहेको फिल्ममा मोहन बोगटी र हर्षिका श्रेष्ठको मुख्य भूमिका छ। दिव्य सुवेदीको छायांकन, टंक बुढाथोकीको संगीत छ। प्रेम र युद्धको कथा फिल्मको केन्द्रमा रहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell