PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

वर्किङ टाइटल 'लिलिबिली' सहित मिलन चाम्सको नयाँ फिल्म



पहिलोपोस्ट

वर्किङ टाइटल 'लिलिबिली' सहित मिलन चाम्सको नयाँ फिल्म

काठमाडौं: ह्याप्पी डेज र ब्लाइन्ड रक्स रिलिज तयारीमा राखेर निर्देशक मिलन चाम्सले नयाँ प्रोजेक्ट घोषणा गरेका छन्। सोमबार उनले वर्किङ टाइटल 'लिलिबिली' बनाउने जानकारी दिएका हुन्। चाम्सको निर्देशनमा बायोपिक बब्बी तालनगरी पोखरामा छायांकन भैरहेको छ।

रोमकम जानराको फिल्म लिलिबिलीको लागि अफिसियल नाम भने फिल्म छायांकनका लागि फ्लोरमा उत्रनु अघि घोषणा गर्ने बताइएको छ। साढे दुई करोड बजेट बताइएको फिल्मको बेलायतको लन्डन र स्कटल्यान्डमा छायांकन हुने चाम्सले बताए।

फिल्ममार्फत डेब्यु गर्दैछिन् मार्भल स्टुडियोको हलिउड फिल्म डक्टर स्ट्रेन्जमा अभिनय गरेकी शिल्पा मास्के। कथाको लागि एक नायिका र नायक पात्रको खोजी भैरहेको छ।

‘फिल्म त्रिकोणात्मक प्रेमकथा नै हो’ चाम्सले फिल्मको विषय बारे छोटो जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell