PahiloPost

Jun 13, 2025 | ३१ जेठ २०८२

लण्डनको काम्देन बजारमा भीषण आगलागी



रासस

लण्डनको काम्देन बजारमा भीषण आगलागी
फोटो श्रोतः cbsnews.com

लण्डन : गत महिनामात्र भीषण आगलागीको चपेटामा परेको लण्डन सहरमा सोमबार फेरि अर्को यस्तै आगलागी भएको छ। लण्डनको काम्देन बजारमा सोमबार बिहानैदेखि यस्तै आगलागी भइरहेको छ।

बजारभित्र करिब एक हजार वटा पसल छन्। बजारमा सोमबार एकाबिहानै आगलागी भएको र अहिलेसम्म पनि नियन्त्रणको प्रयास जारी नै रहेको बताइएको छ। 

यहाँको आगलागी नियन्त्रणमा लिनका लागि करिब ७० अग्निनियन्त्रकले काम गरिरहेका छन्। त्यस्तै अरु सयौँ सैनिक खटाइएका छन्। 

बजारमा सयौँ पसले रहेकामा उनीहरुको अवस्थाका बारेमा खोजी जारी छ । ती पसलमा बिहानैदेखि चहल पहल हुने गर्दथ्यो। 

त्यसैले यहाँको मानवीय क्षतिको बारेमा पनि कुनै जानकारी दिइएको छैन। सोही बजारमा सन् २००८ मा पनि यस्तै भीषण आगलागी भएको थियो। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell