PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

लागूऔषध कारोबारमा संलग्न तीन जना पक्राउ



रासस

लागूऔषध कारोबारमा संलग्न तीन जना पक्राउ

पर्सा  : भारतबाट नेपालतर्फ हुने प्रतिबन्धित लागूऔषधको तस्करीमा संलग्न गिरोहका तीन सदस्यलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ। 

जिल्ला प्रहरी कार्यालय पर्साले आज पत्रकार सम्मेलनको आयोजना गरी लागूऔषध कारोबार गर्ने गिरोहमा संलग्न रहेका एक भारतीयसहित तीन जनालाई सार्वजनिक गरेको हो। 

पत्रकार सम्मेलनमा लागुऔषध कारोबारमा संलग्न रहेको अभियोगमा पक्राउ परेका भारत रक्सौल निवासी मुकेशकुमार साह, वीरगञ्ज नगरवासी नरबहादुर केसी र उनकी श्रीमती माया केसीलाई सार्वजनिक गरेको हो। 

अञ्चल प्रहरी कार्यालय नारायणीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सूर्यप्रसाद उपाध्यायले पक्राउ परेका तीनै जना अभियुक्त रक्सौलबाट खरिद गरिएको प्रतिबन्धित लागुऔषध टिटिजेसिक रात्रि बसबाट काठमाडौं पुर्याउने धन्दामा संलग्न रहँदैआएको अनुसन्धानबाट खुलेको बताए । 

भारतीय नागरिक मुकेश असार २२ गते ३४० थान टिटिजेसिकसहित पक्राउ परेपछि उनले दिएको जानकारीका आधारमा पहिले माया केसी र पछि नरबहादुर केसीलाई नियन्त्रणमा लिइएको हो।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell