PahiloPost

May 11, 2024 | २९ बैशाख २०८१

शाहरुख खान सेटमा पुग्दा किन रोक्कियो कपिल शर्मा शोको सुटिङ?



पहिलोपोस्ट

शाहरुख खान सेटमा पुग्दा किन रोक्कियो कपिल शर्मा शोको सुटिङ?

सन् २०१३ मा फिल्म 'चेन्नई एक्सप्रेस' प्रमोशनका लागि कमेडी नाइट विद कपिलमा देखिएका थिए शाहरुख खान। त्यसयता कपिलको शोमा आफ्नो हरेक फिल्म प्रोमोशनका लागि पुग्छन् उनी। शाहरुख मात्र होइन हरेक फिल्म निर्माता र कलाकारका लागि कपिलको कमेडी शो फिल्म प्रचारको राम्रो माध्यम बनेको छ।

प्रदर्शनको तयारीमा रहेको फिल्म 'जब ह्यारी मेट सेजल'को प्रचारका लागि पनि शाहरुख द कपिल शर्मा शोको सेटमा पुगे। केही बेर कुरे। र फर्किए। उनी कार्यक्रमको छायांकन नगरी फर्किएका हुन्। आखिर किन सेटमा पुगेर पनि त्यतिकै फर्किए उनी?

कपिल हाइ ब्लड प्रेसरको समस्याका कारण अस्पताल पुगेकाले सुटिङ स्थगित भएको टाइम्स अफ इन्डियाले जनाएको छ। उनको ब्लड प्रेसर ठिक नभएको कारण सुटिङ नै क्यान्सिल भएको हो। सुटिङका लागि शाहरुखसँगै अभिनेत्री अनुष्का शर्मा पनि पुगेकी थिइन्।

कपिलको अस्पतालबाट डिस्चार्ज भएको खबर पनि सार्वजनिक भएको छ। फिल्म प्रचारका लागि शाहरुख खान र अनुष्का शर्मा अबको साता कपिल शर्मा शोमा देखिने निश्चित छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell