PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

यू-२३ मैत्रीपूर्ण खेलका लागि नेपाल र बंगलादेश तयार



पहिलोपोस्ट

यू-२३ मैत्रीपूर्ण खेलका लागि नेपाल र बंगलादेश तयार

काठमाडौं : एएफसी यू-२३ च्याम्पियनसिप छनोटको तयारीमा रहेका नेपाल यू-२३ र बंगलादेशको यू-२३ बीच मंगलबार मैत्रीपूर्ण फुटबल खेल हुँदैछ। खेलअघि सोमबार भएको प्रिम्याच कन्फ्रेन्समा दुवै टिमका कोच र कप्तानले खेलका लागि तयार रहेको बताएका छन्।

नेपाल यू-२३ का कोच राजुकाजी शाक्यले छोटो समयमै मैत्रीपूर्ण खेल खेल्नुरे पनि तयार रहेको बताए। 'हाम्रो तयारी राम्रै छ। युएईमा कसरी खेल्ने भनेर तयारी रहनका लिग मैत्रीपूर्ण खेलले सहयोग गर्नेछ।'

उनले बंगलादेश विरुद्ध आफ्ना खेलाडीहरुलाई जोगाएर खेल्नुपर्ने बताए। 'हामीले भोली विचार गरेर खेल्नुपर्छ, मुख्य खेलाडी घाइते भयो भने हामीलाई घाटा हुन्छ।'

कोच शाक्यले बंगलादेश विरुद्ध खेलेपछि युएईमा कसरी खेल्न सक्छौँ र तयारी के कस्तो छ भनेर पत्ता लागेन् प्रतिक्रिया दिए। कोच शाक्यले जित्नकै लागी खेल्ने बताए।

बंगलादेश विरुद्धको खेल र युएईमा हुने छनोट प्रतियोगिताको लागि शाक्यले आइतबार मात्रै विमल घर्तीमगरको कप्तानीमा २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका थिए।

त्यसअघि प्रशिक्षणमा ४० खेलाडीलाई बोलाइएको भएपनि प्रशिक्षणका लागि ३० खेलाडी मात्र उपलब्ध थिए। त्यसैबाट टिम छनोट गरेका हुन्। शाक्यले बोलाइएका मध्ये कोही खेलाडीको उमेर बढि भएको र कोही प्रशिक्षणकै लागि नआएको बताए।

यस्तै कप्तान विमल घर्ती मगरले यसअघि यू-१६ र यू-१९ टिममा खेलेकै खेलाडीहरु धेरै भएकोले तयारी पनि राम्रै भएको बताए।

'कप्तानको रुपमा कोचले ममाथि जुन आशा गर्नुभएको त्यसलाई हामी निराश हुन दिनेछैनौँ। टिमको रुपमा हामी राम्रो खेल्नेछौँ। राष्ट्रिय टिममा परेका १० खेलाडी अहिले टिममा छन्।'

बंगलादेश पनि नेपालकै लेभलको टिम रहेको विमलले बताए।

उता बंगलादेशका अष्ट्रेलियाली कोच आन्द्रे ओर्डले नेपाल विरुद्धको खेल कठिन हुने बताएका छन्।

'हामीले प्रतिस्पर्धात्मक खेलको अपेक्षा गरेका छौँ। नेपाललाई यहाँको दर्शक र घरेलु मैदानको फाइदा छ। त्यसको अगाडी खेल्न हामीलाई पक्कै केही कठिन हुनेछ। मलाई थाहा छ यहाँका केही खेलाडी राम्रा छन्।'

उनले नेपालले पछिल्लो पटक भारत र यमनसँग खेलेको म्याच फलो गरेको बताए।

एएफसी यू-२३ च्याम्पियनसिप छनोट खेल्नु अघि नेपाल आउँदा उनले खुशी व्यक्त गरे। 'हामीले छनोटका लागि दुई हप्ता तयारी गरेका थियौँ। एक हप्ता इदको कारण तयारी गर्न पाएनौँ।'

पछिल्लो मैत्रीपूर्ण खेल बंगलादेश प्रिमियर लिगको च्याम्पियनसँग खेलेको बंगलादेश यू-२३ को तयारीमा सन्तुष्ट रहेको ओर्डले बताए।

यस्तै बंगलादेश यू-२३ का कप्तान सोहिल रानाले छनोट खेल्नु अघि नेपालको खेल महत्वपूर्ण रहेको बताए। 'यदी हामीले भोलीको खेल जित्यौँ भने हाम्रो आत्मविश्वास बढ्छ।'

नेपालले आगामी शनिबार आयोजक युएईसँग खेल्दै छनोटको यात्रा सुरु गर्नेछ। नेपाल र युएईसँगै समूह डी मा उज्वेकिस्तान र लेवनान छन्। यस्तै आगामी सोमबार उज्वेकिस्तान तथा बुधबार लेवनानसँग नेपालले खेल्नेछ।

यता बंगलादेश रहेको समूह ई मा प्यालेस्टाइन, जोर्डन र ताजिकिस्तान छन्।

 

खेल विवरण

नेपाल यू-२३ भर्सेस बंगलादेश यू-२३

स्थान : एन्फा कम्प्लेक्स सातदोबाटो

मिति : २७ असार २०७४

समय : दिउँसो ३ बजे (किकअफ)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell