PahiloPost

Jun 13, 2025 | ३१ जेठ २०८२

इस्लामिक स्टेटबाट मोसुल फिर्ता गरेकोमा इरानले दियो इराकलाई बधाई



रासस

इस्लामिक स्टेटबाट मोसुल फिर्ता गरेकोमा इरानले दियो इराकलाई बधाई
फोटो श्रोतः independent.co.uk

तेहरानः मोसुलमा इस्लामिक स्टेटकाविरुद्धमा विजय हासिल गरेको घोषणा गरेपछि इरानले इराकलाई बधाई दिएको छ। 

यसअघि निकै लामो सङ्घर्षपछि इराकको मोसुल सहरमाथि इस्लामिक स्टेटका विरुद्धमा इराकले विजय हासिल गरेको जनाएको थियो। यसलाई ठूलो विजय हो भन्दै इरानले इराकलाई बधाई दिएको हो। 

इराकको सांस्कृतिक एवम् अन्य धेरै हिसाबले महत्वको सहर मोसुललाई नियन्त्रणमा लिने इस्लामिक स्टेटसँग इराकले निकै ठूलो लडाईं लड्नुपरेको जनाएको थियो। 

इरानी विदेशमन्त्री मोहम्मद जवाद जारिफले आफ्नो ट्वीटर अकाउन्टमा लेखेका छन्,‘इरानका बहादुर जनता र सरकारलाई हाम्रो बधाई तथा शुभकामना छ।’  

उनले इराकसँग मिलेर काम गर्ने बारेमा पनि सो अकाउन्टमा उल्लेख गरेका छन् । उनले भनेका छन् कि इराकी सरकार र त्यहाँका नागरिकले जे जसरी सहयोगका लागि हात बढाउँछन् हामी त्यसका लागि पूर्णरुपमा तयार नै छौँ। 

इराकबाट आतङ्ककारीलाई निस्तेज पार्नका लागि यो ठूलो उपलब्धि भएको इरानी प्रधानमन्त्रीले पनि बताएका छन्। 

उनले यसलाई इराकी जनताको शान्तिको चाहनाको पहिलो पाइला हो भनेका छन्। साथै उनले यस उपलब्धिको रक्षाका लागि इरान पनि इराकको साथमा नै रहेको बताएका छन्। 

इस्लामिक स्टेटले गतवर्षदेखि नै मोसुल सहर आफ्नो कब्जामा लिएको थियो। उनीहरुबाट उक्त सहर छुटाउन इराकले निकै लामो सङ्घर्ष गर्नु परेको थियो। रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell