PahiloPost

May 23, 2025 | १० जेठ २०८२

पत्रकार ढकालको उपचारका लागि सहयोग प्रदान



रासस

पत्रकार ढकालको उपचारका लागि सहयोग प्रदान

भक्तपुर : पत्रकार गुरुप्रसाद ढकालको उपचारका लागि नेपाल पत्रकार महासंघ, क्रियाशील पत्रकार मञ्च र प्रेस चौतारी नेपाल भक्तपुरले आर्थिक सहयोग प्रदान गरेका छन्। 

महासंघले आठ हजार तथा क्रियाशील पत्रकार मञ्च र प्रेस चौतारी नेपालले संयुक्तरुपमा छ हजार गरी १४ हजार रुपैयाँ सहयोग गरेको हो। 

लामो समय पत्रकारिता गर्दै आएका ढकालको बानेश्वरस्थित निजामती अस्पतालमा उपचार भइरहेको छ। 

एकैसाथ कमलपित्त ‘जण्डिस’, अल्सर तथा हेपाटाइटिस भएर गम्भीर अवस्थामा उपचार गराइरहेका ढकालको आर्थिक अवस्था कमजोर भएकाले पत्रकारसँग आवद्ध संस्थाले सहयोग प्रदान गरेका हुन्। 

नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष एवं प्रेस युनियन भक्तपुर अध्यक्ष पुष्करराज बुढाथाकी, प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष सोम शर्मा बजगार्इं र क्रियाशील पत्रकार मञ्चका जिल्ला अध्यक्ष रमेश गिरीले पत्रकार ढकालको उपचारका लागि आर्थिक सहयोग गर्न आह्वान गरेका छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell