PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

विनियोजन विधेयक बहुमतले पारित



रासस

विनियोजन विधेयक बहुमतले पारित

काठमाडौँ : व्यवस्थापिका–संसद्को आजको दोस्रो बैठकले विनियोजन विधेयक, २०७४ पारित गरेको छ। 

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रस्तुत गरेको विधेयकलाई बैठकले बहुमतले पारित गरेको हो । 

त्यसैगरी, बैठकले आर्थिक विधेयक, २०७४ माथि विचार गरियोस् भनी प्रस्तुत प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गर्यो । साथै सभामुख ओनसरी घर्तीले विधेयकमा असार २९ गते दफाबार छलफल हुने घोषणा गरेकी छन्। 

बैठकले राष्ट्र ऋण उठाउने विधेयक, २०७४ लाई सर्वसम्मतिले स्वीकृत गरेको छ। त्यसअघि सांसदहरु प्रेम सुवाल, अनुराधा थापा र डिल्लीप्रसाद काफ्लेले विभिन्न मन्त्रालयको विभिन्न शीर्षकको खर्च रकम घटाइयोस् भनी प्रस्तुत गरेकोमा प्रस्तावलाई बैठकले अस्वीकृत गरेको थियो।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell