PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

जिम्वावेले जित्यो पाँच खेलको सिरिज, अन्तिम खेलमा श्रीलंका ३ विकेटले पराजित



पहिलोपोस्ट

जिम्वावेले जित्यो पाँच खेलको सिरिज, अन्तिम खेलमा श्रीलंका ३ विकेटले पराजित

बलरहरुको उत्कृष्ट प्रदर्शन, हमिल्टन मसाकाजाको अर्धशतक तथा सिकन्दर रजाको धैर्यतापूर्ण ब्याटिङ मद्दतमा जिम्वावेले पाँचौ तथा अन्तिम वान डे मा श्रीलंकालाई ३ विकेटले पराजित गर्दै ५ खेलको सिरिज ३-२ ले जितेको छ।

हमबानटोटामा २ सय ४ रनको लक्ष्य जिम्वावेले ३८.१ ओभरमा ७ विकेट गुमाएर पूरा गर्दै श्रीलंका विरुद्ध ऐतिहासिक जित हासिल गर्‍यो।

टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली श्रीलंकाले धनुस्का गुनतिलका र एस्लेसा गुनरत्नेको अर्धशतक मद्दतमा ८ विकेट गुमाएर २ सय ३ रन बनाएको थियो। गुनतिलकाले ५२ रन बनाए भने गुनरत्ने ५९ रनमा नटआउट रहे। यी दुई बाहेक कप्तान एन्जेलो म्याथ्युजले २४ तथा दुसमन्था चमिराले नटआउट १८ रन बनाए भने अन्यले दोहोरो अंक छुन सकेनन्।

जिम्वावेका लागि सिकन्दर रजाले ३ तथा ग्रेम क्रमरले २ विकेट लिए।

जवाफमा जिम्वावेले ५९ बल बाँकी छदै ७ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। जिम्वावेलाई निर्णायक खेल जिताउन ओपनर मसाकाजाले सर्वाधिक ७३ रन बनाए। अर्का ओपनर सोलोकन मिरेले ४३ तथा तसिरि मुसाकान्डाले ३७ रनको योगदान गरे। सिकन्दर रजाले नटआउट २७ रन बनाए।

श्रीलंकाका अकिला धनन्जयले ४ तथा लाथिस मिलंगाले २ विकेट लिएपनि टोलीको हार टार्न पर्याप्ट रहेन।

बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट प्ररद्शन गरेका सिकन्दर रजा म्यान अफ दी म्याच घोषित भए। यस्तै जिम्वावेकै हमिल्टन मसाकाजा म्यान अफ दी सिरिज घोषित भए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell