PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि मतदाता नामावली संकलन साउन १ देखि



पहिलोपोस्ट

प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि मतदाता नामावली संकलन साउन १ देखि

काठमाडौं : निर्वाचन आयोगले आगामी साउन एक गते देखि १५ गतेसम्म मतदाता नामावली संकलन गर्ने भएको छ। आयोगको आज बसेको बैठकले साउनमा १५ दिन मतदाता नामावली संकलन गर्ने निर्णय गरेको हो। 

आगामी साउन १ देखि १५ सम्म मतदाता नामावलीमा नाम लेखाउनेहरुले तेस्रो चरणको स्थानीय चुनावमा भने सहभागी हुन पाउने छैनन्। किन भने निर्वाचन आयोगले संकलन गर्न लागेको मतदाता नामावली प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रयोजनका लागि हो। 

'यस अघि  २०७४ वैशाख ३ गते आयोगबाट प्रकाशित मतदाता नामावलीमा आफ्नो नाम समावेश नभएका व्यक्तिले आफ्नो नागरिकताको प्रमाणपत्र लिई आ–आफ्नो स्थायी बसोवास भएको जिल्लाको निर्वाचन कार्यालयमा आफू स्वयम् उपस्थित भई मतदाता नामावलीमा नाम दर्ता गराउन हुन सम्बन्धित सरोकारवालाहरुलाई निर्वाचन आयोग अनुरोध गर्दछ,' आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'आयोगबाट यस अघि प्रकाशित नामावलीमा आफ्नो नाम तथा ठेगानामा कुनै त्रुटी भएको भए त्रुटी सच्याउन, दोहोरो नाम हटाउन वा सार्न, मतदाता नामावलीबाट नाम हटाउन उक्त अवधि अर्थात २०७४ श्रावण १ देखि १५ गतेसम्ममा सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिन सकिने व्यवस्था समेत गरिएको छ।'

आयोगले यस अघि नाम दर्ता गराई मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिले भने पुनः नाम दर्ता गराउनु नपर्ने बताएको छ। 
आयोगले अहिले संकलन गरेको नामावलीमा साउन १६ गतेदेखि २० गतेसम्म दावी बिरोध गर्न सकिने व्यवस्था मिलाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell