PahiloPost

May 6, 2026 | २३ बैशाख २०८३

विषालु रक्सी सेवनबाट भारतको उत्तरप्रदेशमा १२ जनाको मृत्यु



रासस

विषालु रक्सी सेवनबाट भारतको उत्तरप्रदेशमा १२ जनाको मृत्यु


लखनउः भारतको उत्तर प्रदेशमा घरमा बनाइएको विषादी रक्सी सेवन गरेका १२ जनाको मृत्यु भएको छ। भारतीय मदिरा प्रयोगकर्ताहरुको यो पछिल्लो अवैध मदिरा कारोबार हो। 

उत्तर प्रदेशको प्रहरीले गत बिहीबार अवैध र विषाक्त मदिरा सेवा गरेकाहरु पेट दुखेर आत्तिएको जानकारी दिएको छ। 

अजाम्गार्ह जिल्लाका प्रहरी प्रमुख अजय कुमार साहनीले बिषालु तरल पदार्थ सेवा गरेपछि १२ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। 

विषाक्त र अवैध मदिरा पदार्थ उत्पादनमा संलग्न भएको आभियोगमा २१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। विषाक्त रक्सी सेवन गरेका अरु चार जनाको अहिले पनि अस्पतालमा उपचार भईरहेको छ। 

अधिकारीहरुले राज्यका पिछडिएका ३० ठाउँमा अनुगमन गरेर अवैध रुपमा विक्रिवितरण गर्न लागिएको ११ सय लिटर मदिरा र १० हजार लिटर अवैध रुपमा घरमै बनाइएको मदिरा नष्ट गरेको प्रेस ट्रष्ट अफ इण्डीयाले जनाएको छ। 

उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्यले घटनापछि तीन जना प्रहरी अधिकारीसहित आठ जना जिल्लास्तरीय सरकारी अधिकारीहरुलाई निलम्वन गरेका छन्। उनीहरुलाई आफ्नो जिम्मेबारीप्रति बेवास्ता गरेको दोष लगाइएको पिटिआईले लेखेको छ। 

यस्ताखाले मदिराजन्य पदार्थ भारतमा निकै धेरै प्रयोग गरिन्छ। अवैध मदिरा बोतलमा पनि पाइने गरेको छ। त्यसैले मृत्युका घटनाहरु बेला बेलामा हुने गरेको छ। 

सन् २०१५ मा मुम्बइमा मात्र एक सय जना भन्दा बढीको विषालु मदिरा सेवनकै कारण मृत्यु भएको थियो। भारतमा वार्षिक ५ अर्ब लिटर रक्सी खपत हुनेगरेको पाईएको छ। रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell