PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

राष्ट्रसङ्घको नेतृत्वमा सिरियाबारे जेनेभामा शान्तिवार्ता सुरु



रासस

राष्ट्रसङ्घको नेतृत्वमा सिरियाबारे जेनेभामा शान्तिवार्ता सुरु
फोटो श्रोतः aljajeera.com


जेनेभा  : सिरियामा सात बर्षदेखि जारी द्वन्द्वको अन्त्यका लागि सोमबार स्वीट्जरल्याण्डको जेनेभामा नयाँ चरणको शान्तिवार्ता सुरु भएको छ। 

सिरियाका लागि राष्ट्रसङ्घीय विषेश प्रतिनिधि स्टफन डे मिस्टुराले राष्ट्रसङ्घका लागि सिरियाका दूत बसर जाफरीमार्फत दुईपक्षीय वार्ताकाबारेमा सिरियाको सरकारी वार्ता टोलीका प्रमुखसँग सोमबार छलफल गरेका छन्। 

डे मिस्टुराले विपक्षी दलका प्रतिनिधिहरुलाई पनि केही दिनमा भेट्ने अपेक्षा गर्नुभएको विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन्। 

राष्ट्रसङ्घीय अधिकारीहरुले सिरियाको द्वन्द्व अन्त्यका लागि भन्दै गरेको यस्तो प्रकारको प्रयास यो सातौ पटकको हो। अहिलेको प्रयास यही जुलाई १४ सम्म जारी रहनेछ। 

सिरियाको थपिएको औपचारिक छलफलमा संवैधानिक तथा कानुनी विषयका विज्ञले यसको समाधान खोज्ने बारेमा पनि विचारविमर्श गर्ने भएका छन्। 

अहिलेको वार्ता सकिएपछि अर्को वार्ता आउँदो अगस्ट र सेप्टेम्बरमा हुने तालिका बनाइएको छ। 

गत शुक्रबार अमेरिका र रसियाकाबीचमा भएको सहमति अनुसार दक्षिणी सिरियामा युद्धविराम भएपछि सोमबार वार्ता भएको हो। त्यो क्षेत्रमा सहमति हुने सम्भावना तुलनात्मक रुपमा अन्यत्रभन्दा बढी रहेको बताइएको छ। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell