PahiloPost

Aug 4, 2026 | १९ साउन २०८३

पाल्पामा प्रेसरकुकर बम विष्फोट, स्थानीय त्रसित



पहिलोपोस्ट

पाल्पामा प्रेसरकुकर बम विष्फोट, स्थानीय त्रसित

रामपुर: आज बिहान पाल्पामा बम विष्फोट भएको छ। तानसेनको भगवतीटोलस्थित गणेश मन्दिर नजिकै प्रेसरकुकर बम विष्फोट भएको हो।

बम विष्फोटबाट कुनै मानवीय तथा भौतिक क्षति नभएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ।

आज बिहान ४ बजे एक्कासि ठूलो आवाजमा भएको बम विष्फोटले स्थानीय त्रसित भएका छन्। तानसेन बजारको बीच र माथिल्लो भागमा विष्फोट भएको बमको आवाजले स्थानीय त्रसित भएका हुन्।

बम कसले, किन विष्फोट गराएको हो भन्नेबारे अहिलेसम्म पत्ता नलागेको र आफूहरुले अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक हरिराज वाग्लेले बताए। आज विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेपाल बन्दको आह्वान गरेको छ। विप्लव नेतृत्वका कार्यकर्ताले गराएको हुनसक्ने प्रहरीको अनुमान छ।

यद्यपि बम विष्फोट भएको ठाउँमा कुनै पनि पार्टी वा व्यक्तिको परिचय खुल्ने पर्चा, पम्पलेटसमेत केही पनि नभेटिएको प्रहरीको भनाइ छ। सदरमुकाम तानसेनमा बन्दको प्रभाव परेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell