PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

उपाधिका लागि आर्मीका रत्नजित र नवीन भिड्दै



पहिलोपोस्ट

उपाधिका लागि आर्मीका रत्नजित र नवीन भिड्दै

काठमाडौं : विभागीय टोलीका नेपाल आर्मीका रत्नजित तामाङ र नवीन श्रेष्ठ योनेक्स सनराईज छैटौं पुष्पलाल स्मृती खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधिका लागि भिड्दैछन्। फाइनल खेल मंगलबार हुँदैछ। सेमिफाइनल दुवैले विभागीय प्रतिद्वन्दी नेपाल पुलिसका खेला८लाई हराउदै उपाधि भिड्न पक्का गरेका हुन्।

साविक विजेता रत्नजितले सोमबार पुरुष एकलको सेमिफाइनलमा बिष्णु कटुवाललाई २१-८, २१-१४ ले हराए भने नवीनले दिपेश धामीलाई २१-१६, ७-२१, २१-१० ले पराजित गरे।

त्यसअघि क्वाटरफाइनलमा रत्नले पर्फेक्ट फिटनेशका जीवन आचार्यलाई, बिष्णुले एपिएफका सुदीप सेंढाईलाई, नवीनले एपीएफका साजन कृष्ण ताम्राकारलाई र दिपेशले सेनाका प्रफुल महर्जनलाई पराजित गर्दै सेमिमा स्थान बनाएका थिए।

यस्तै पुरुष जोडीतर्फ पनि रत्नजित र नविनको जोडी फाइनल पुगेको छ। रत्न र नविनको जोडीले पर्फेक्ट फिटनेशका निर विक्रम देवकोटा र जीवन आचार्यको जोडीलाई २१-१६, २१-१५ ले पराजित गरेका थिए। अर्को सेमिफाईनलमा एपीएफका बिमल श्रेष्ठ र बिशाल प्रधानको जोडी पुलिसका दिपेश धामी र बिष्णु कटुवालको जोडी संग २१-१८, ९-२१,१४-२१ ले पराजित भए।

सातदोवाटोस्थित अन्तराष्ट्रिय खेल परिसरमा भएको महिला एकलमा अघिल्लो संस्करणकी विजेता नेपाली सेनाकी नङ्गशलदेवी तामाङले आफ्नै क्लबकी अनु माया राईलाई २१-१९, २१-१९ को सोझो सेटमा पराजित गर्दै फाईनलमा सेनाकै अमिता गिरीसँग प्रतिस्पर्धा गर्ने भएकी छिन्। गिरीले सेमिफाईनलमा एपीएफकी शोभा गौचनलाई २२-२६, १८-२१,२१-१२ ले पन्छाउंदै फाईनल यात्रा तय गरेकी थिईन्।

महिला जोडीमा एपLएफकी पुजा श्रेष्ठ र याम कुमारी गुरुङको जोडी जेष्टका सुनैना मुखिया र जेसिका गुरुङको जोडीलाई २१-१८, २१-११ ले पराजित गर्दै फाईनल प्रवेश गरे।

ब्वाईज यु–१५ मा कन्चनपुरका गोकुल जोरा एभिएन स्कुलका प्रियान्सु सिंह घर्तीलाई २०-२२, २१-११, २१-१० ले पराजित गर्दै फाईनल पुगे। अब फाईनलमा उनले ललितपुरका पेम्बा शेर्पाको सामना गर्ने भएका छन्। शेर्पाले कैलालीका जे.बी.चन्दलाई १५-२१, २१-१२, २१-८ ले पराजित गरे।

गर्ल्स तर्फको स्पर्धामा जेष्ट ब्याडमिन्टन एकेडेमीकी रञ्जना भट्ट र आर्मीकी रसिला महर्जन फाईनल पुगे। भट्टले विराट ब्याडमिन्टन क्लबकी निता लम्साललाई २१-१२, २१-१४ ले र महर्जनले विराट ब्याडमिन्टनकी नै सिमा राजबंशीलाई २१-७, २१-१४ ले पराजित गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell