PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

श्रीमतीको टाउको पोको पारेर जब श्रीमान् प्रहरी चौकीमा पुगे...



पहिलोपोस्ट

श्रीमतीको टाउको पोको पारेर जब श्रीमान् प्रहरी चौकीमा पुगे...

काठमाडौँ: सुन्दा पनि जिउ नै सिरिङ्ग हुने घटना भयो सोमबार राति बाँकेको कोहलपुर नगरपालिका ४ बेलनपुरमा।

सात जुनीसम्म सँगै बस्ने र मर्ने कसम खाई अग्निलाई सांक्षी राखी विवाह-बन्धनमा बाँधिएका श्रीमानले नै श्रीमतीको हत्या गरे। हत्या पनि एकदमै विभत्सपूर्ण।

२९ वर्षीय मोहमद अस्ताव बेडुवाले २७ वर्षीया श्रीमती मन्सुरको गला रेटी टाउको छुट्टाएर हत्या गरे। हत्या गरेर काटिएको शिर बोकेर उनी आफुले श्रीमती मरेको भन्दै इलाका प्रहरी कार्यालय बाँके पुगेका थिए।

“गएराति करिब १२ बजे श्रीमतीको हत्या गरी अभियुक्त बेडुवा श्रीमतीको टाउकोसहित इलाका प्रहरीमा आएका थिए,” इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुरेशप्रसाद काफ्लेले बताए।

प्रहरीलाई नै घटनाले चकित नै बनायो। तत्कालै प्रहरी घटनास्थल पुग्यो।

“घटनास्थल पुग्दा मृतकको शरीर र पाँच/छ महिनाकी छोरी भेटिइन्। छोरीको हामीले तत्कालै उद्धार गर्‍यौँ” काफ्ले बताए।

श्रीमतीको हत्या गर्ने अभियुक्तका दुईवटा श्रीमती रहेको प्रहरीले जनाएको छ। कान्छी श्रीमतीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ। मृतक जेठी श्रीमती रहेकी र उनका तीनवटा छोराछोरीसमेत छन्। श्रीमतीको हत्या गर्ने उपर कडा कारबाहीको माग गर्दै बेलपुरका स्थानीयबासीले गएराति इप्रका कोहलपुर घेराउ गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। (राससको सहयोगमा)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell