PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

फेवातालमा वेपत्ता भएकाको खोजी गर्न गएका एक प्रहरी जवानको डुबेर मृत्यु



पहिलोपोस्ट

फेवातालमा वेपत्ता भएकाको खोजी गर्न गएका एक प्रहरी जवानको डुबेर मृत्यु

कास्की : माछा मार्ने क्रममा फेवातालको मुहान हर्पन खोलामा बगेर बेपत्ता भएका दुई युवाको खोजी गर्ने क्रममा एक प्रहरी जवानको डुबेर मृत्यु भएको छ। 

सोमबार माछा मार्न गएका दुई युवा हराएपछि उनीहरुको खोजीमा गएका प्रहरी जवान बलबहादुर कुवँरको मंगलबार बिहान डुबेर मृत्यु भएको हो।

माछा मार्ने क्रममा बगेर हराएका नदीपुरका ललित पुन र इन्द्र पुनको पनि शब मंगलवार भेटिएको छ। उनीहरुको शव बगेको स्थान वरिपरी नै भेटिएको प्रहरीले जनाएको छ।

उनीहरुको शव निकाल्ने क्रममा खोलामा पसेका प्रहरी जवान कुवँर खोलामा डुवेका थिए। तत्कालै उनलाई प्रहरीले उद्धार गरी उपचारका लागि गण्डकी मेडिकल कलेज पुरयाइएको थियो।

तर, उनको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरी जवान कुवँर पश्चिम शसस्त्र प्रहरी गण पोखरामा कार्यरत थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell