PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

बन्दका कारण उपत्यकाका निजी विद्यालयको पठनपाठन प्रभावित



रासस

काठमाडौँ  : नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दका कारण उपत्यकाका निजी विद्यालयको पठनपाठन प्रभावित भएको छ। 

बन्दबाट सवारीसाधन आवागमनमा खासै असर नपरे पनि विद्यालयले सुरक्षाका कारण बिदा दिएको पाइएको छ। निजी तथा आवासीय विद्यलाय अर्गनाइजेन (प्याब्सन) का महासचिव राजेन्द्र बानियाँले पहिलो त्रैमासिकको परीक्षापछि बिदा भएका कारण कतिपय विद्यालय स्वतः बिदा रहेको बताए। 

सो पार्टी निकट अनेरास्ववियु (क्रान्तिकारी) का उपाध्यक्ष लालबहादुर तामाङले आफ्ना कार्यकर्ताको पक्राउ र निजी विद्यालयको चर्को शुल्क फिर्ता नभएका कारण बन्द आह्वान गर्नुपरेको बताए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell