
टोकियो : जापानको दक्षिणपश्चिमी क्षेत्रमा गत हप्ता आएको बाढीमा परी मृत्यु हुनेहरूको सङ्ख्या सोमबारसम्म २१ पुगेको छ।
बाढी प्रभावित क्षेत्रमा अहिले पनि स्थानीयबासिन्दाले कष्टपूर्ण जीवन विताइरहेका अधिकारीहरुले जनाएका छन्।
झण्डै दुई हजार सुरक्षबलको साथमा फुकुओका र ओइटामा सोमबार सम्मपनि खोजी तथा उद्धारकर्ताहरुले आपतकालिन उद्धारकार्य जारी राखिरहेका छन्।
बाढी र पहिरोका कारण झण्डै १८० जना सम्पर्कविहीन छन् भने १७ सय जना आपतकालिन शिविरमा बसेका छन्।
फुकुओका प्रान्तको नगरपालिकाका अधिकारीहरुले आफ्नो प्रदेशबाट मात्र २० जना भन्दा बढी अहिलेसम्म पनि हराइरहेका जानकारी दिए।
जलवायु सम्वन्धि निकायले फेरि पनि यस्तै प्रकारको बर्षा हुन सक्ने चेतावनी दिदै पूर्ण सतर्कता अप्नाउन सुझाव दिएको छ।
पाँच वटा प्रदेशका ४१ ठाउँमा पहिरो गएको छ भने अरु ३८ ठाउँमा बाढी गएको भूमी र यातायात मन्त्रालयले जनाएको छ।रासस/एएफपी