PahiloPost

May 6, 2026 | २३ बैशाख २०८३

वर्षाले जलेश्वर– जनकपुर सडकखण्ड अवरुद्ध



रासस

गौशाला : महोत्तरीमा तीन/चार दिनदेखिको अविरल वर्षाका कारण जलेश्वर– जनकपुर सडकखण्ड अवरुद्ध भएको छ। 

भीषण वर्षाका कारण जिल्लाका जलेश्वर–जनकपुरसहित जलेश्वर–मटिहानी, जलेश्वर–भिठ्ठामोड, जलेश्वर–सम्सी, जलेश्वर–रौजालगायतका सडक पटक पटक अवरुद्ध हुँदै आएकामा आज बिहानैदेखि ती सडकमा पुनः यातायात ठप्प भएको छ।

जिल्लाका प्रायः सबै सडकमा स्तरोन्नतिका काम भइरहेका कारण ठाउँ ठाउँमा ठूलाठूला खाल्डाखुल्डी बनी पानी जमेर यातायातका साधन ठप्प भएका छन्। 

जिल्लाका रातु, जंघा, मरहा, अङ्कुशी, मरहा, भब्सी, बाँकेलगायत नदीमा पनि बाढी आएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell