PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

फिल्मका लागि पहिलोपटक चुरोट सेवन गरेका विनोद पौडेलको अनुभव



पहिलोपोस्ट

फिल्मका लागि पहिलोपटक चुरोट सेवन गरेका विनोद पौडेलको अनुभव

काठमाडौं: फिल्म 'सिग्नेचर'ले सकारात्मक सोच विकासका लागि एक दिने अभियान आयोजना गरेको थियो। कार्यक्रममा फिल्मका तर्फबाट कलाकारहरुको समेत उपस्थिति रहेको थियो। जसमध्ये कलाकार विनोद पौडेलले फिल्मका लागि पहिलोपटक चुरोट तान्नु पर्दाको अनुभव सुनाए। 'गाह्रो भएको थियो', उनले आफ्नो अनुभव सुनाए। वास्तविक जीवनकथामा आधारित फिल्म ‘सिग्नेचर’का कलाकार विनोद पौडेलले फिल्मका लागि मात्र चुरोट पिएका हुन्।

जीवनमा अहिलेसम्म चुरोटसमेत सेवन नगरेका विनोद फिल्ममा मेरो दुव्र्यसनीको भूमिकामा देखिएका छन्। 'जिन्दगी चुरोट नखाएको मान्छे फिल्ममा दुर्व्यसनीको भूमिका गर्दा धेरै गाह्रो भयो।’

फिल्मको ‘थिङ्क पोजिटिभ ग्लोबल क्याम्पेन’ अन्तर्गत शनिबार युवालाई फिल्म देखाएपछिको अन्तरसंवादमा उनले भने, ‘ भूमिकामा डुब्न मैले थुप्रै दुर्व्यसनीसँग भेटे र संगत गरे र मेरा लागि त्यहि सबैभन्दा कठिन काम थियो। त्यो परिवेशभन्दा कोशौं टाढा रहेको मान्छेलाई साँच्चैभन्दा एक मिनेटका बसाइ पनि युगौं जस्तो लाग्थ्यो।’
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell