PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

संविधान संशोधनमा सघाउन सत्तारुढ दलले गरेका आग्रह एमालेद्वारा अस्वीकार



पहिलोपोस्ट

संविधान संशोधनमा सघाउन सत्तारुढ दलले गरेका आग्रह एमालेद्वारा अस्वीकार

काठमाडौं : संविधान संशोधनमा सहयोग गर्न नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले राखेका प्रस्तावलाई नेकपा एमालेले अस्वीकार गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान भएको छलफलमा सत्तारुढ दलका नेताहरुले संसदमा दर्ता संशोधन विधेयकलाई प्रक्रियामा लगेर टुङ्गाएर चुनावमा जानुपर्ने आवश्यकतामा जोड दिँदै त्यसमा सघाउन प्रमुख प्रतिपक्षी दलका नेताहरुलाई आग्रह गरेका थिए।

तर, जवाफमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरुले यथास्थितिमा संविधान संशोधन आवश्यक नरहेको धारणा राखेका थिए। 

बैठकमा संविधान संशोधन विधेयक, निर्वाचन क्षेत्र निर्धारण आयोग र तेस्रो चरणको स्थानीय तहको निर्वाचनबारे छलफल भएको माओवादी केन्द्रका नेता रामबहादुर थापाले जानकारी दिए।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस नेताहरु रामचन्द्र पौडेल, बिमलेन्द्र निधि, एमाले नेताहरु माधवकुमार नेपाल, भीम रावल, सुवास नेम्वाङ, माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सहभागी थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell