
काठमाडौं : दाङका व्यापारी राजकुमार श्रेष्ठको हत्या अभियोगमा फरार १७ वर्षकी पूजा घर्ती पक्राउ परेकी छिन्।
घर्तीलाई दाङ प्रहरीले बाँकेको रुपडिया क्षेत्रबाट पक्रेको दाङका प्रहरी प्रमुख धीरजप्रताप सिंहले जानकारी दिए। घर्तीलाई लुकिरहेको अवस्थामा सोमवार राति पक्राउ गरिएको एसएसपी सिंहले बताए ।
जेठ २६ गते दाङबाट अपहरणमा परेका व्यापारी राजकुमार श्रेष्ठको शव सल्यानको छत्रेस्वरी गाउँपालिका वडा नम्वर ४ को पाथिभरा लेकस्थित जंगलमा भेटिएको थियो। अपहरण अनि हत्यामा संलग्नलाई प्रहरीले प्रकाउ गरे पनि मुख्य अभियुुक्त भने फरार छन्।