PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

दुर्गाबहादुर रानाले भने : मन्त्रीले पुरस्कार दिनु भएको होइन



सविन ढकाल

दुर्गाबहादुर रानाले भने : मन्त्रीले पुरस्कार दिनु भएको होइन

काठमाडौं : दाङको तुल्सिपुरस्थित अम्बास मतदान केन्द्रलाई लक्षित गरी फालेको बम तत्काल टिपेर मतदानस्थल बाहिर फाले लगत्तै सेलिब्रिटी प्रहरी बनेका हवल्दार दुर्गा बहादुर राना केही समयदेखि चर्चामा छन्। 

सोमवार उनले पुरस्कार पाएको विषयले थप चर्चा चलायो। अहिले भने सामाजिक सञ्जालमा उनलाई गृह मन्त्री जनार्दन शर्माले भेटेको र १ हजार ५ सय रुपैयाँ दिएको भन्दै गृह मन्त्रीको कडा आलोचना भयो। विरोध बढेपछि मंगलवार बिहान नै गृह मन्त्रीले फेसबुकमा प्रस्ट पार्दै स्टाटस नै लेख्नुपर्यो।

उनले लेखेका छन्,  'नेपाल प्रहरीका हवल्दार श्री दुर्गा बहादुर राना गृह मन्त्रालयमा भेट्न आएको र मैले धन्यवाद दिएको हो, भेटका क्रममा गृह मन्त्रीले १ हजार ५ सय रुपैयाँ दियो भनी भ्रम छरेर उनको साहसिक कदमको अपमान नगर्न आग्रह गर्दछु।' 

हवल्दार दुर्गाबहादुर रानाले सोमवार गृहमन्त्री शर्मालाई मन्त्रालयमा भेट भए पनि पैसा नदिएको प्रस्ट पारेका छन्। उनले भने, 'मलाई उहाँले बधाई मात्र दिनुभयो कुनै पैसा दिनु भएको छैन।'  

मध्यान्ह १२ बजेतिर राना गृहमन्त्रालय पुगेका थिए । गृहमन्त्रीसँग उनको करिब ५ मिनेट कुरा भयो। ‘तपाईँले राम्रो काम गर्नुभयो। थप राम्रो काम गर्दै जानुस् उचित मूल्यांकन हुन्छ भन्नु भयो,' उनले भने।

दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा तुल्सिपुर उप–महानगरपालिका वडा नं ३ स्थित आधारभुत विद्यालय प्रतापकोट अम्बास मतदान केन्द्रमा मतदान केन्द्रलाई लक्षित गरी फालेको बम तत्कालै टिपेर मतदान स्थल बाहिर फाल्दै हवल्दार रानाले जनधनको क्षति हुनबाट जोगाएका थिए।







 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell