PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

फिल्मका लागि शरीरको तौलसँग खेल्ने यी कलाकार



पहिलोपोस्ट

फिल्मका लागि शरीरको तौलसँग खेल्ने यी कलाकार

बलिउड कलाकार राजकुमार राव फिल्ममा आफ्नो चरित्र अनुसार ज्यान बनाउनमा माहिर मानिन्छन्।

फिल्म 'ट्रैप्ड'मा आफ्नो भूमिकाका लागि ८ किलो तौल घटाएका थिए। र अहिले पुन: 'नेताजी सुभाष चन्द्र बोस'को जीवनमाथी बनिरहेको वेब सिरिजको लागि रावले ११ किलो तौल बढाएका छन्।

योपटक रावको शारीरिक ट्रान्सफरमेशनको सामाजिक सञ्जालमा भाइरल भयो। तर फिल्मको लागि तौल घटाउने बढाउनेमा राजकुमार राव मात्र एक्लै भने होइनन्।

पात्र अनुसार देखिन मिहेनत गर्ने केही कलाकार छन्। जसमध्य आमिर खान एक हुन्।



शरीर कथाको माग अनुसार बनाउन सक्नुले उनलाई मिस्टर पर्फेक्शनिस्ट पनि भनिन्छ। वल्ड वाइड बक्स अफिसमा राम्रो प्रदर्शन गरेको फिल्म दंगलमा आमिरले तौल यसरी बढाएकी उनको फ्यान दङ्ग परे। फिल्मका लागि उनले २५ किलो तौल बढाएका थिए। बिबिसी हिन्दीका अनुसार आमिर खान त्यस समय ९७ केजी पुगेका थिए।

अझ अचम्म त यो छ कि दंगलकै लागि युवा अवस्थाका महाविर फोगट बन्नका लागि २५ हप्तामा २५ किलो तौल घटाएका थिए।

हलिउडको तर्फबाट टम हेक्स तौल घट बढ गर्ने मामलामा निकै अगाडी छन्। फिल्म 'कास्ट अवे'का लागि उनले २४ किलो तौल कम गरेका थिए।



चार वर्ष लामो घटनाक्रमको कथा बोकेको फिल्ममा उनको भूमिकाको दुई पाटो थियो। जसका कारण उनले तौल बढाउन पनि पर्योर। हेक्सले फिल्म 'फिलाडेल्फिया'को लागि पनि आफ्नो तौल कम गरे। फिल्मका लागि उनले ११ किलो तौल घटाएका हुन्।

फिल्म 'मोन्सटर'का लागि साढे १३ किलो तौल बढाउने हलिउड अभिनेत्री हुन् चार्लिज थेरोन। 



सीरियल किलर ऐलीन वुर्नोसको भूमिकामा देखिएकी उनले ३० पाउन्ड तौल बढाउने योजनामा थिइन्। फिल्ममा उनको भूमिकाका लागि अस्कर अवार्ड समेत हात पारिन्। तर उनले शरीरको तौल तल माथी गरेको यो पहिलो फिल्म भने होइन। उनले यस अघि फिल्म 'स्विट नोभेम्बर'का लागि पनि मर्न लागेको महिलाको भूमिका निभाउन तौल घटाएकी थिइन्।

रोबर्ट डि निरो अर्का कलाकार हुन् जो आफ्नो भूमिकामा शरीरलाई ढाल्छन्।



'रेजिग बुल'मा बक्सर जेक ला मोट्टको रोलका लागि निरोले २७ किलो तौल बढाए। उनलाई मिहेनतको फल राम्रो मिल्यो। रोबर्डले उक्त फिल्मका लागि गोल्डन ग्लोब अवार्ड हात पारे।



रणदिप हुडाको नाम छुट्न हुँदैन। फिल्म 'सबरजीत'मा आफ्नो भूमिकाको लागि २८ दिनमा १८ किलो तौल घटाए। फिल्मका निर्देशक उमंग कुमारले एक अन्तर्वार्तामा भनेका छन्,'पहिलो भेटमा मैले रणदिपलाई उनको हड्डी देख्न चाहेको भनेको थिए। उसले मेरो कुरालाई चुनौतीको रुपमा लियो र मलाई नै चकित बनाए।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell