PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

अमेरिकी सैनिक विमान दुर्घटना, १६ को मृत्यु



रासस

अमेरिकी सैनिक विमान दुर्घटना, १६ को मृत्यु
फोटो श्रोतः rt.com/usa

वासिङ्टनः अमेरिकाको मिसिसिपी राज्यमा एक सैनिक विमान दुर्घटनामा परी १६ जनाको मृत्यु भएको छ। 

सैनिक प्रवक्ता क्याप्टेन सराह बर्न्सले मध्ये मिसिसिपीको लेफोरे प्रान्तमा सेनाको सानो विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी दिएका छन्। 

उनले विमानबाट १६ जनको शव निकालिएको जनाएका छन्। उक्त विमान सैनिकको कार्गो बिमान रहेको बताइएको छ। 

दुर्घटनामा मृत्यु हुनेमा सवै सैनिक छन्। विमान दुर्घटनाकाबारेमा अनुसन्धान सुरु भएको बताइएको छ। 

लेफोरे प्रान्तीय सङ्कटकालीन निकायका निर्देशक फ्रान्स रान्डलेले मिसिसिपी डेल्टाबाट १३५ किलोमिटर टाढा पर्ने इलाकामा यो दुर्घटना भएको जानकारी दिए। 

स्थानीय समयानुसार सोमबार अपराह्न करिब ४ बजे यो दुर्घटना भएको जनाइएको छ।रासस/एपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell