PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

यसरी निष्कृय पारियो पोखराको इन्द्रचोकमा फेलापरेको शंकास्पद वस्तु



पहिलोपोस्ट

यसरी निष्कृय पारियो पोखराको इन्द्रचोकमा फेलापरेको शंकास्पद वस्तु

  • नरहरि पौड्याल
पोखरा : नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बन्द आह्वान गरेको दिन पोखराको इन्द्रचोकमा फेलापरेको शंकास्पद वस्तुलाई नेपाली सेनाको टोलीले निष्कृय पारेको छ।

पोखरा लेखनाथ–१० इन्द्रचोकको सडक छेउमा कालो झोलामा बेरेर राखिएको अवस्थामा फेलापरेको वस्तुलाई सेनाले निष्कृय पारेको हो। 

सडक छेउमा विहान ११ बजे शंकास्पद वस्तु भेटिएको थियो ।

निष्कृय पार्ने क्रममा झोलामा राखेको शंकास्पद वस्तु बम नभइ रङको बट्टा र रड भएको पाइएको थियो। 

सडक किनारमा शंकास्पद वस्तु राखेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। केही समय प्रहरीले शंकास्पद वस्तु रहेको क्षेत्रमा सवारी आवागमन र सर्वसाधारणलाई हिंडडुलमा रोक लगाएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell