काठमाडौं : सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले दोस्रो चरणको निर्वाचन भएका स्थानीय तहको नगर÷गाउँसभा आगामी साउनको अन्तिम साता गर्न निर्देशन दिने तयारी गरेको छ।
दोस्रो चरणमा भएका ३३४ भएका स्थानीय तहको नगर÷गाउँ सभा साउन २५ गतेसम्म गर्ने गरी निर्देशन दिने तयारी गरिएको मन्त्रालयका उपसचिव विजयराज सुवेदीले जानकारी दिए।
मन्त्रालयले पहिलो चरणको निर्वाचन भएका २८६ स्थानीय तहको असार २५ गतेदेखि ३० सम्म निर्देशन दिएको छ। ‘‘दोस्रो चरणमा निर्वाचन भएका स्थानीय तहले अझै पूर्णता पाउन सकेका छैनन्’’ उपसचिव सुवेदीले भने, ‘‘केही दिनभित्र कार्यपालिकाले पूर्णता पाउने छ। अनि हामी नगर÷गाउँसभाको तयारीमा जुट्न निर्देशन दिन्छौँ।’
ती स्थानीय तहका नगर प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षलाई नगर÷गाउँसभा अगाडि अभिमुखीकरण तालीम दिने तयारीमा मन्त्रालय रहेको छ।
मन्त्रालयले सञ्चालन गर्ने अभिमुखीकरण तालिममा यस पटकदेखि कार्यकारी अधिकृतलाईसमेत सहभागी गराइने छ। रासस