PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

पोखरामा अत्याधुनिक हतियारसहित ८ जना पक्राउ



पहिलोपोस्ट

पोखरामा अत्याधुनिक हतियारसहित ८ जना पक्राउ

पोखरा : प्रहरीले जापानमा बनेको अत्याधुनिक पेस्तोलसहित पर्यटकीय नगरी पोखराको लेकसाइडबाट आठ जनालाई पक्राउ गरेको छ। 

प्रहरीले उनीहरुलाई ग २ च ४१३३ नम्बरको निजीकार खानतलासी गरी पेस्तोल र गोली सहित पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा तनहुँको दुलेगौंडा गाविस बेलचौतारा बस्ने ईश्वर श्रेष्ठलगायत ८ जना छन्। प्रहरीले पक्राउ परेका अन्यको नाम भने खुलाएको छैन। 

गोप्य सूचनाका आधारमा प्रहरीले श्रेष्ठलाई पक्राउ गरेपछि अन्यलाईसमेत आवश्क अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ।

जापानमा बनेको ९ एमएम क्यालिबरको पेस्तोल र एक थान म्यागाजिनसमेत बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेका केही व्यक्ति यस अघि तनहुँमा हातहतियार खरखजाना मुद्दामा पक्राउ परेकासमेत छन्।

पक्राउ परेकाहरु तनहुँमा जग्गाको कारोबार गर्दै आएको प्रहरीको भनाई छ। उनीहरुका बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell