PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

नाइट क्लबको सुरक्षामा प्रधानमन्त्री पत्नी आरजुको चासो



पहिलोपोस्ट

नाइट क्लबको सुरक्षामा प्रधानमन्त्री पत्नी आरजुको चासो
फाइल फोटो

काठमाडौँ : शुक्रबार राज्य व्यवस्था समितिको बैठकमा देशका विभिन्न भागमा बाढीपहिरो र राहत वितरण लगायत राष्ट्रिय सभा, प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्बन्धमा विधेयक ल्याउन निर्देशन दिने बारे छलफल चलिरहेको थियो।

नेपाली कांग्रेसकी सांसद तथा प्रधानमन्त्री पत्नी आरजु राणाको बोल्ने पालो आयो। उनले राजधानीमा खुलेका नाइट क्लबबारे बोल्न थालिन्।

'अस्ति एउटा घर हेर्न गएको थिएँ। दरबार मार्गमा ट्यांकी जस्तो ठूलो भाग रहेको डेजाबु भन्ने क्लव खुलेको रहेछ। पस्ने र निस्कने साना–साना ढोका मात्र छन्।  २ हजार बढी मान्छे अट्ने क्लबमा भूकम्प आयो भने त्यहाँका युवायुवती कसरी बाहिर निस्कन्छन्? व्यवस्थित भएन,' उनले भनिन्।

उनले थपिन्, 'यस्तो पनि नाइट क्लब हुन्छ?'

नाइट क्लब ब्यवस्थित गर्न उनले गृहमन्त्रीलाई आग्रह गरिन्। सांसदहरुले बोलेको विषय टिपोट गर्ने समितिका सदस्यले आरजुको समस्यालाई सामान्य रुपमा लिएर टिपोट नै गरेनन्।

तर पछि आरजुले आफ्नो समस्या नलेखिएपछि उनले कर्मचारीलाई खोइ मेरो समस्या भन्दै फेरि टिपोट गर्न लगाइन्।

 समितिका सभापति दीलबहादुर घर्तीले अन्त्यमा राणाको विचारलाई निर्णयार्थ पेस गरेको भन्दै सुनाए। समितिले गरेको लिखित निर्णयमा महानगरपालिकाभित्र रहेका नाइट क्लब लगायत यसै प्रकृतिका अन्य विषयको संचालन, सुरक्षा र प्राकृतिक प्रकोपबाट हुन सक्ने सम्भावित क्षति न्यूनकरण बारै अध्यान गर्न  र प्रतिवेदन समितको बैठकमा पेश गर्न गृहमन्त्रालयलाई समितिले निर्देशन दिएको छ।

समितिले गृहलाई दिएको निर्देशनपछि महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी छविलाल जोशीले शनिबार डेजाबुमा भएर अनुसन्धान गरेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell