PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

साउथ अभिनेता दिलिप दुर्व्यवहारको आरोपमा पक्राउ



पहिलोपोस्ट

साउथ अभिनेता दिलिप दुर्व्यवहारको आरोपमा पक्राउ

साउथ इन्डियन अभिनेता दिलिप दुर्व्यवहारको आरोपमा सोमबार पक्राउ परेका छन्। मलायोलम अभिनेत्रीले पुलिसमा दुर्व्यवहार बिरुद्द उजुरी दर्ता गराएपछि उनी पक्राउ परेका हुन्।

केरला पुलिस चिफ लोकनाथ बेहराले दिएको जानकारी अनुसार दिलिप विरुद्द प्रमाण भेटिएपछि उनलाई हिरासतमा लिइएको हो। भने,'हामीले उचित छानबिन गरेर मात्र एक्शन लिएका हौं।' उनले कानुनी पक्रियाबाट अघि बढ्ने चेतावनी समेत दिएका छन्। यसअघि पनि दिलिप विरुद्ध मान्छे थर्काउने, धम्की देखाउने जस्ता कारण उजुरी दर्ता भएको फस्टपोस्टमा उल्लेख गरिएको छ।

दिलिपलाई प्रहरीले नियन्त्रणमा लिएकोमा अभिनेत्रीको परिवार खुसी छन्। उनीहरुले भने,'केसले सही दिशा लिएको छ। भगवानले साथ दिएका छन्।' तामिल र तेलेगु फिल्मकी अभिनेत्रीको परिचय सार्वजनिक नभएपनि उनी आफ्नै गाडीभित्र दुई घण्टा लामो समय यौन दुर्व्यवहारमा परेको जनाइएको छ।

दिलिप विरुद्ध बिजेपी, कङ्ग्रेस, सिपिआई लगायत राजनीतिक पार्टीले भारतको विभिन्न स्थानमा प्रदर्शन गरेको छ।

दिलिपले फिल्ममा अभिनय बाहेक निर्माता, निर्देशक र प्ले ब्याक गायकका रुपमा काम गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell