PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

दाङमा व्यापारी हत्या : प्रमुख योजनाकार काठमाडौंमा पक्राउ



सविन ढकाल

दाङमा व्यापारी हत्या : प्रमुख योजनाकार काठमाडौंमा पक्राउ

काठमाडौं : दाङका कपडा व्यापारी राजकुमार श्रेष्ठलाई अपहरण गरी हत्या गर्ने समूहका मुख्य योजनाकारलाई प्रहरीले राजधानीबाट पक्राउ गरेको छ। 

५३ वर्षीय व्यापारीको अपहरणपछि हत्या गरिएको थियो। 

महानगरीय अपराध अनुसन्धान महाशाखाबाट खटिएको टोलीले योजनाकार खुमबहादुर केसीलाई बालाजुस्थित उनकै डेराबाट पक्रेको हो।  केसीलाई मंगलबार दिउँसो करिब ३ बालाजुको लोकतान्त्रिक चोक नजिकैबाट समातेको हो।

केसीलाई प्रहरीले दाङ प्रहरीको जिम्मा लगाउने तयारी गरेको छ। जिल्ला प्रहरी कार्यलय दाङले भने घटनामा संलग्न सल्यानका ३५ वर्षीय मानबहादुर भण्डारी, शान्तिनगर २ घर भइ हाल तुलसीपुर ६ बस्ने ४० वर्षीय निर्मल भनिने टीकाराम घर्ती र उनकी १७ वर्षीया छोरी पूजा घर्तीलाई आजै पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दैछ। तीन जनालाई प्रहरीले सोमवार राति पक्राउ गरेको हो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell