PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

गृह मन्त्री जनार्दन शर्मा श्रीलंकातिर



पहिलोपोस्ट

गृह मन्त्री जनार्दन शर्मा श्रीलंकातिर

काठमाडौं : गृह मन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ १८ औं सार्क स्तरीय गृह मन्त्रीहरुको बैठकमा सहभागी हुन मंगलवार श्रीलंका गएका छन्। श्रीलंका जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री शर्माले श्रीलंकामा गृह मन्त्री स्तरीय बैठकमा सहभागी हुने र द्वीपक्षीय सम्बन्धको बारेमा छलफल हुने बताए।

‘अपराध नियन्त्रणमा कसरी सहजता ल्याउने भन्नेबारे छलफल हुनेछ,’ मन्त्री शर्माले भने, ‘विभिन्न स्तरका क्राइमहरु जस्तै लागू औषध, आतंकवाद लगायतका विषयमा छलफल हुने छ।’

जुलाई १३ सम्म हुने भ्रमणमा श्रीलंकाली समकक्षीसँग पनि विशेष छलफल हुने मन्त्री शर्माले बताए।

गृह मन्त्रीको टोलीमा गृह सचिव लोकदर्शन रेग्मी र सहसचिव दीपक काफ्ले रहेका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell