PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

विमलको गोल निर्णायक, बंगलादेश यु २३ लाई नेपालले हरायो



पहिलोपोस्ट

विमलको गोल निर्णायक, बंगलादेश यु २३ लाई नेपालले हरायो

काठमाडौँ : कप्तान विमल घर्ती मगरको निर्णायक गोलको मद्दतमा नेपाल यु २३ ले बंगलादेश यु २३ लाई  मैत्रीपूर्ण खेलमा १-० ले पराजित गरेको छ।  
एएफसी यू-२३ च्याम्पियनसिप क्वालिफायर्सको तयारीमा रहेका नेपाल र बंगलादेशको युवा टोलीले मंगलबार एन्फा कम्प्लेक्स सातदोवाटोमा मैत्रीपूर्ण खेल खेलेका थिए। नेपाललाई जित दिलाउन कप्तान विमल घर्ती मगरले खेलको २०औं मिनेटमा गरेको गोल नै नेपालकव जितका लागि पर्याप्त रह्ययो।

अन्जन विष्टले डि एरियामा उपलब्ध गराएको पासमा विमलले उत्कृष्ट फिनिसिङ गर्दै गोल गरे। तर त्यसको चार मिनेटपछि नै काँधमा द्बोट लागेपछि विमल मैदान बाहिरिए। उनको स्थानमा विश्वास श्रेष्ट ३१औं मिनेटमा मैदान प्रवेश गरेका थिए।

त्यसबाहेक नेपालले खेलमा गोल गर्ने केही मौका पाएपनि सदुपयोग गर्न सकेन। नवौँ मिनेटमा हेमनको पासमा अन्जल विष्ट गोल गर्न चुके। यस्तै २६औं मिनेटमा सुनिलको कर्नरमा दीनेश राजवंशीले फ्रि हेडमा गोल गर्न सकेनन्।

दोस्रो हाफको १९औं मिनेटमा अन्जन विष्ट डि एरियाभित्रबाट प्रहार गरेको ओभरहेड किक बंगालदेशी खेलाडीलाई डिफ्लेक्ट भएर बाहिरिएकव थियो।  

यू-२३ टिममा राष्ट्रिय टिममा परेका १० खेलाडी हरेपनि डिफेण्डर कमल श्रेष्ठले बंगलादेश विरुद्ध खेलेनन्।

एएफसी यु २३ च्याम्पियनसिप क्वालिफायर्स अन्तर्गत समूह डी को खेल खेल्न नेपाल आगामी बिहिबार युएई जाँदैछ। नेपालले यही शनिबार आयोजक युएईसँग पहिलो खेल खेल्लादै छनोट यात्रा सुरु गर्नेछ। नेपालले सोमबार उज्वेकिस्तान तथा आगामी बुधबार लेवनानसँग खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell