PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

नेपाली बक्सअफिसमा 'स्पाइडरम्यान होम कमिङ'को यस्तो चल्दैछ व्यापार



पहिलोपोस्ट

नेपाली बक्सअफिसमा 'स्पाइडरम्यान होम कमिङ'को यस्तो चल्दैछ व्यापार

काठमाडौं: बहुप्रतिक्षित हलिउड फिल्म 'स्पाइडरम्यान होम कमिङ'ले नेपाली बक्सअफिसमा राम्रो कलेक्शन गरेको छ। एप्पल इन्टरटेनमेन्टका बसन्त मान्नधरका अनुसार मल्टिप्लेक्समा शो पाएको फिल्मले चार दिनमा ६० लाख बराबरको कलेक्शन गरेको हो।

स्पाइडरम्यानका लागि नेपालको आधिकारिक विक्रेता रहेको एप्पल इन्टरटेनमेन्टले यसअघि हलिउड फिल्म वन्डर विमनबाट पनि १ करोडको कलेक्शन गरेको थियो। दुबै फिल्मको यो ग्रस कमाई हो। विहिबार रेड कार्पोट प्रिमियरपछि फिल्म काठमाडौं, पोखरा र नारायणगढको मल्टिप्लेक्समा प्रदर्शनमा आयो।

फिल्मसँगै पर्दामा उत्रिएको नेपाली फिल्म धनपति र हिन्दी फिल्म गेस्ट इन लन्डनको पनि निरन्तर शो चलेको छ। जसमध्य धनपति बक्सअफिस कलेक्शनमा अगाडी रहेको छ।

जोन वाट्सको निर्देशनमा बनेको स्पाइडरम्यान होम कमिङमा टम ल्यान्ड, माइकल किटन, रोबर्ट डाउन लगायतको मुख्य अभिनय रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell