PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

विद्युत प्राधिकरणले भन्यो–वर्षाका कारण विद्युत् प्रणालीमा समस्या 



रासस

विद्युत प्राधिकरणले भन्यो–वर्षाका कारण विद्युत् प्रणालीमा समस्या 

काठमाडौँ : वर्षाका कारण नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण प्रणालीमा केही समस्या उत्पन्न भएको छ। 

मुलुकका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण विद्युत् उत्पादन रोकिएको तथा समस्या उत्पन्न भएको भन्दै प्राधिकरणले विद्युत्भार कटौती नै गरियो कि भनेर आशङ्का नगर्नसमेत आग्रह गरेको छ। 

वर्षाका कारण माथिल्लो मादीको एउटा युनिटबाट विद्युत् उत्पादन बन्द भएको छ। सो युनिट बन्द हुँदा २५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनबाट विच्छेद हुन पुगेको छ। सोमबारसम्म तल्लो मोदीबाट उत्पादन हुने विद्युत् प्रसारण प्रणालीबाट विच्छेद हुन पुगेको थियो। मर्मतसम्भारपछि आयोजना सञ्चालनमा आएको थियो । 

जलविद्युत् केन्द्रका उत्पादनमा केही सुधार भएपनि अझै करिब ३५ मेगावाट विद्युत् प्रणालीमा उपलब्ध हुन सकेको छैन। त्यसमा माथिल्लो मोदी र अन्य केही आयोजनासमेत रहेका छन्।

एक साताअघिसम्म करिब ३०० मेगावाट विद्युत् निजी क्षेत्रको उत्पादन प्रणालीमा जोडिएको भएपनि असार २६ गते आइतबारदेखि करिब २६५ मेगावाट मात्र उपलब्ध हुँदै आएको छ। 

यस्तै, कोहलपुर–महेन्द्रनगर दोस्रो सर्किट अयोजनाले नयाँ पहलमानपुर सबस्टेसनमा जोड्ने कार्यका लागि लम्की–अत्तरिया १३२ केभी प्रसारण लाइन बन्द गरिएको छ।

सो प्रसारण लाइन बन्द भएपछि टनकपुरबाट आयात गरिएको विद्यत् अपुग भएमा महेन्द्रनगर, अत्तरियालगायतका केही क्षेत्रमा विद्युत् कटौती हुन सक्ने भारप्रेषण केन्द्रले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell