
काठमाडौं : आइसीसी यू १९ विश्वकप छनोटको तयारीका लागि भारतमा रहेको नेपालले मंगलबार नोएडा एघारसँग मैत्रीपूर्ण खेल खेल्यो। तर वर्षाका कारण खेल पूरा हुन पाएन र नतिजाविहिन भयो।
२ सय ७९ रनको रन पछ्याउँदै नेपालले जवाफमा २५ ओभर खेल्दै ३ विकेट गुमाएर १ सय १७ रन बनाउदा पानी परेपछि खेल रद्ध भएको हो।
भारतको उत्तर प्रदेशस्थित ग्रेटर नोएडाको शाहिद विजय पाथिक स्पोर्ट्स कम्प्लेक्समा भएको नेपालको चौथो अभ्यास खेलमा घरेलु टोलीले टस जितेर पहिले ब्याटिङ गर्यो।
४९.२ ओभरमा नोएडा एघारले सबै विकेट गुमाएर २ सय ७८ रन बनायो। उसका लागि अनुरित सिंहले शतक प्रहार गरे। अनुरितले १ सय २१, परभिन्दर अवानाले ४३ तथा राहुल यादवले ३७ रन बनाए।
नेपालका लागि रोहित कमुर पौडेलले ४ तथा रसिद खानले ३ विकेट लिए।
जवाफमा नेपालले मध्य प्रदर्शन गरेको थियो। ओपनर सन्दीप सुनार ९ रनमा रिटायर्ड हर्ट भए भने आसिफ शेखले २८ रन बनाए। यस्तै प्रनित थापा मगर २७ तथा दीपेन्द्र सिंह ऐरी ९ रन बनाएर बउट भए। आदिल खान र अनिल कुमार शाह समान २२ रनमा नटबउट रहे। नोएडा एघारका निमित शैनीले २ विकेट लिए।
नेपालले यसअघिका तिन वटै अभयास खेलमा जित हात पारेको थियो। नेपालले अर्को खेल यही बिहिबार सोही मानमा नोएडा एघारसँगै खेल्नेछ।