PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

उपत्यकाव्यापी विद्यालयस्तरीय डन्डीबियो : गोल्डेन फ्युचरद्वारा उपाधि रक्षा



पहिलोपोस्ट

उपत्यकाव्यापी विद्यालयस्तरीय डन्डीबियो : गोल्डेन फ्युचरद्वारा उपाधि रक्षा

काठमाडौं : डिफेन्डिङ च्याम्पियन गोल्डेन फ्युचरले तेश्रो उपत्यकाव्यापी विद्यालयस्तरीय डन्डीबियो प्रतियोगिताको उपाधि जितेको छ।

त्रिपुरेश्वरस्थित आयोजक राष्ट्रिय खेलकुद परिषद्को हातामा भएको फाइनलमा गोल्डेन फ्युचरले दीपशिखालाई २६०–१५० को फराकिलो अन्तरले पराजित गर्दै उपाधि रक्षा गरेको हो। विजयी टिमका लागि कप्तान विक्रम विकले सर्वाधिक १०३ अंक योगदान गरे।

विजेता र उपविजेता विद्यालय दुवै काभ्रेका हुन्। विजेताले १५ हजार र उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गरे।

रिम्सले तेश्रो स्थानमा चित्त बुझायो। रिम्सले नाजरथलाई २०७–११८ ले हरायो। रिम्सका अविनाश बमजनले १०५ अंक जोडे। रिम्सले ५ हजार नगद पुरस्कार पायो।

विजेतालाई राखेपका उपाध्यक्ष लामा टेन्डी शेर्पाले पुरस्कृत गरे। दुईदिने प्रतियोगितामा उपत्यका र काभ्रेका गरी १२ विद्यालयका छात्र टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell