PahiloPost

Aug 27, 2026 | ११ भदौ २०८३

खोला किनारमा भेटियो महिलाको शव



चन्द्रकान्त खनाल

खोला किनारमा भेटियो महिलाको शव

रुपन्देही : गुल्मीको मुसीकोट नजिकै बढिघाट खोलामा एक महिलाको शव भेटिएको छ। हिजो दिउँसो भेटिएको शव मुसिकोट नगरपालिका वडा नम्वर–१ साविकको पौदीअमराई की ३५ वर्षकी गीता नेपाली भएको खुलेको छ।
 
उनको बलात्कारपछि हत्या गरी फालेको प्रहरीले शंका गरेको छ।

गुल्मीकै साविक ईस्मा गाविसमा उनको विवाह भएको थियो। १३ वर्षकी एक छोरी र तीन  छोराहरु भएको  र आफनो लोग्नेसँग राम्रो सम्ब न्ध नभएका कारण उनी माइती घर नजिकै छाप्रो बनाएर बस्ने गरेको स्थानीयले बताए।
 
गीता आइतबार उनकी भाउजू सीता नेपालीसित पारी बाग्लुङ्गमा पर्ने लब्दी खोलामा निर्माणाधीन मोटरेबल पुलमा काम गर्न  गएका थिए। 
साँझ घर फर्किने क्रममा  सोही पुलमा काम गर्ने बताइएका  एक जना कामदारको  फोन आएपछि एक छिनपछि आउँछु भनी भाउजूलाई पठाएर गीता त्यहीँ बसेकी थिइन्।

इलाका प्रहरी कार्यालय खर्वाङ्गले शव निकै जोखिम मोलेर खोलाबाट बाहिर निकालेको थियो । 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell