PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

काश्मिरमा तिर्थयात्रीमाथि आक्रमण, सातको मृत्यु



रासस

काश्मिरमा तिर्थयात्रीमाथि आक्रमण, सातको मृत्यु
फोटो श्रोतः indianexpress.com


श्रीनगर : भारतको काश्मिरी इलाकाको अनन्तनाग जिल्लामा दुई पक्षबीच गोली हानाहान भइरहेको बेला विद्रोहीको हमलामा परी सोमबार राति सात जना हिन्दु तीर्थयात्रीह मारिएका छन् । 

घटनामा ज्यान गुमाउने सातजनामध्ये छ जना महिला र एक जना पुरुष रहेका कश्मीरबाट सुरक्षा अधिकारीले जनाएका छन्। हमलामा अन्य १९ जना घाइते भएका छन्।

ती मध्ये केही प्रहरी रहेको बताइएको छ भने आक्रमणमा परेको बसमा कूल ५६ जना यात्रु सवार थिए र उनीहरु मध्ये धेरै गुजरात र केही महाराष्ट्र राज्यबाट आएको बताइएको छ। 

अनन्तनाग जिल्लामा विद्रोही आक्रमणकारीहरुले तिर्थयात्री रहेको गाडीमा आक्रमण गरेका थिए। गाडीमा केही सुरक्षाकर्मीसहित जम्मा ५६ जना यात्री सवार थिए। 

अनन्तनाग वर्षेनी लाखौँ हिन्दु तीर्थयात्रीहरुले मेला भर्न जाने गरेको अमरनाथ गुफा भन्दा ८० किलोमिटर टाढा पर्छ। 
यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त आक्रमणलाई “लज्जाजनक“ भन्दै त्यसलाई जति भत्र्सना गरेपनि कम नहुने भन्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन्। साथै मृतकका आफन्तजनप्रति समवेदना व्यक्त गर्दै घटनामा घाइते भएको सवैको उचित व्यवस्था गर्न राज्य सरकारलाई निर्देशन दिएका छन्। 

काश्मिरकी मुख्यमन्त्री मेहबुवा मफ्तीले पनि घटनाप्रति दुःख व्यक्त गर्दै उक्त घटनाले सम्पुर्ण मुशलमान जातिकै शिर निहुराएको बताएका छन्। अनन्तनागमा तीर्थयात्री माथिको आक्रमणले समग्र काश्मिरी जनता तथा मुशलमान समुदायको इज्जतमाथि दाग लगाएको छ, मफ्तीले भनेका छन्। 
यसैबीच सो क्षेत्र भएर जाने यातायाका साधन भने केही समयको अवरोधपछि सञ्चालनमा आएका छन् । 

बङ्गलादेशकी प्रधानमन्त्रीद्वारा अमरनाथ घटनाको निन्दा

बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले भारतको काश्मिरी क्षेत्रमा रहेको अमरनाथको दर्शन गर्न गएका तीर्थयात्रीहरूमाथि सोमबार राति गरिएको आतङ्कबादी आक्रमणको निन्दा गरेकी छन्। 

प्रधानमन्त्री हसिनाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाएको सन्देशमा बङ्गलादेश भारतसँग आतङ्कबाद विरुद्धको अभियानमा सहकार्य गर्ने प्रतिवद्धतालाई पुनः दोहोर्याएकी छन्। 

उनले भनेकी छन्,‘मलाई काश्मिरमा गरिएको केही महिला तथा बालबालिकासहितको ज्यान लिने गरी र १९ जना घाइते हुनेगरी भएको आतङ्ककारी आक्रमणको घटनाले स्तब्ध तुल्याएको छ।’रासस/पिटिआई 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell