PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

रवी शास्त्री भारतको क्रिकेट प्रशिक्षक नियुक्त



पहिलोपोस्ट

रवी शास्त्री भारतको क्रिकेट प्रशिक्षक नियुक्त

पूर्व अलराउण्डर तथा टिम डिरेक्टर रवी शास्त्री भारतीय क्रिकेट टिमको नयाँ प्रशिक्षक नियुक्त भएका छन्। उनलाई सन् २०१९ को वान डे वर्ल्ड कप सम्मको लागि मंगलबार मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो।

पूर्व स्टार खेलाडीहरु सौरभ गाँगुली, सचिन तेन्दुलकर र भिभिएस लक्ष्मण सम्मिलित क्रिकेट एड्भाइजरी कमिटीले कप्तान विराट कोहलीसँग कुरा गरेपछि शाक्त्रीलाई प्रशिक्षक बनाउने निर्णय भएको हो।

यस्तै पूर्व फास्ट बलर जाहिर खानलाई बलिङ प्रशिक्षक नियुक्त गरिएको छ भने पूर्व कप्तान राहुल ख्रविडलाई ब्याटिङ कन्सलट्यान्टको रुपमा राखिएको छ।

नयाँ कोचिङ टिमले जुलाई २६ देखि सुरु हुने श्रीलंकन टुरबाट कार्यभार सम्हाल्नेछन्। च्याम्पियन्स ट्रफीपछि अनिल कुम्बलेले राजिनामा दएपछि भारतको प्रशिक्षक पद खाली रहेको थियो।

शास्त्रीसँगै भारतीय टीमको प्रशिक्षकको लागि विरेन्द्र सेहवाग, टम मड्डी, रिचार्ड पाइवस र लालचन्द राजपुतले क्रिकेट एड्भाइजरी कमिटी सिएसीलाई अन्तर्वार्ता दिएका थिए।

शास्त्रीले सन् २०१४ मा भारतको टिम डिरेक्टरको रुपमा काम गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell