PahiloPost

Mar 29, 2026 | १५ चैत्र २०८२

म्यानचेष्टर युनाइटेडको नयाँ कप्तानमा क्यारिक



पहिलोपोस्ट

म्यानचेष्टर युनाइटेडको नयाँ कप्तानमा क्यारिक

माइकल क्यारिक इंगलिस क्लब म्यानचेष्टर युनाइटेडका नयाँ कप्तान बनेका छन्। कीर्तिमानी गोलकर्ता तथा नियमित कप्तान वायन रुनी एभरटन लागेपछि क्बलले क्यारिकलाई कप्तान नियुक्त गरेको हो।

३५ वर्षिय क्यारिकले सन् २००६ देखि युनाइटेडका लागि खेल्दै आएका छन् र अहिले क्लबमा भएका मध्ये उनी लङ्गेस्ट सर्भिङ प्लेअर समेत हुन्।
 

'उत्कृष्ट क्लबको कप्तान बन्न पाउनु मेरो लागि सम्मान हो।' कप्तान नियुक्त भएपछि क्यारिकले भने।

उनले आफूलै कहिल्यै युनाइटेडमा यती घेरै समय बिताउने बारे नसोचेको बताए। क्यारिक सन् २००६ मा लण्डन क्लब टोटनहमबाट ओल्ड ट्राफोर्ड पुगेका हुन्। उनले यसै वर्षकव सुरुमा सन् २०१८ सम्म क्लबमा रहने सम्झौता समेत गरिसकेका छन्।

एक दशक भन्दा लामो करियरमा क्यारिकले युनाइटे८का लागि ५ प्रिमियर लिग, एफए कप, च्याम्पियन्स लिग, युरोपा कप जितेका छन्। उनले अहिलेसम्म युनाइटेडका लागि ४५९ खेल खेलेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell